बिछट्टको छठ पर्व by ekantipur.com

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन् । तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ । यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ । यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ । खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ

छैनन् । सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ । विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्‍यायो । जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्‍यो ।

छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन । साथै छठी परमेश्वरीको भाकल गरिने यस पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ भन्ने कुरा पनि त्यति स्पष्ट छैन । ब्रह्मवैवर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ । षष्ठीबाटै अपभ्रमसित भएर यो छठी हुनगएको कुरा स्पष्ट नै छ । यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा बाँडेकी छिन् । ती भागहरू हुन्- दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री । प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ । षष्ठी देवीको पूजा-आराधनाका विषयमा भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा चर्चा गरिएको पाइन्छ । मैथिल महाकवि विद्यापतिकृत वर्षकृत्यमा भने सूर्य षष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको

छ । यिनै आधारहरूलाई लिएर छठी पर्वलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठीको नामबाट पनि जानिन्छ । यी प्रत्येक नाममा षष्ठी तिथिको प्रधानता छ । तर षष्ठीयुक्त सप्तमी तिथिको यसमा प्रधानता हुन्छ । खासगरी प्रतिहारको अर्थ भोलिपल्टका लागि पूजा भन्ने पनि हुन्छ । प्रतिहार शब्दले षष्ठीलाई गौण गरी सप्तमीलाई मुख्य बनाएको छ । खासगरी सप्तमी तिथिलाई सूर्यको तिथि मानिन्छ । त्यसैले पनि मुख्यतः भोलिपल्ट गरिने पूजाका लागि षष्ठीलाई विशेष महत्त्व दिइएकोले यसमा सूर्य, षष्ठी र सप्तमीको समागम हुन गएको हो ।

यो पर्व मूलतः चारदिने पवित्र अनुष्ठान हो । यसमा चतुर्थी तिथिका दिन स्नान-ध्यानपश्चात पूर्ण सात्विक भोजन गर्ने गरिन्छ, जसलाई अर्वा-अर्वाइन भनिन्छ । पञ्चमीका दिन व्रत बस्नेले एकछाकी व्रत बस्छन् । यसदिन साँझपख सक्खरमा बनाइएको खिर भगवानलाई भोग लगाई स्वयम् व्रतीले पनि त्यही ग्रहण गर्ने गर्छन् । त्यसबेलादेखि सप्तमीको बिहानसम्मका लागि छठीको निराहार व्रत प्रारम्भ हुन्छ । षष्ठीका दिन दिनभरि प्रसादहरू बनाउने काम गरिन्छ । प्रसाद बनाउनमा व्रती स्वयम्को पनि संलग्नता हुन्छ भने उनलाई सघाउनेहरूले पनि पवित्रता र शुद्धताको यथेष्ट ध्यान राख्ने गर्छन् । कतिसम्म भने छठीका लागि भनेपछि बजारमा बेच्न राखिएको वस्तुमा स्वयम् व्यापारीहरूले पनि शुद्धतामा पर्याप्त ध्यान दिने गर्छन् । कतिपय परिवारमा छठीका लागि भनेर दसैंपछि नै माछामासुको प्रवेश वर्जित गर्ने गरिन्छ ।

हालका दिनमा छठी पर्वमा तडकभडक र तामझाम देखिनथाले तापनि वस्तुतः यो ग्रामीण र कृषि पर्व हो । यो पर्व सामान्य आय भएका कृषि क्षेत्रसँग सम्बद्ध जोसुकैले पनि मनाउन सक्छन् । त्यसैले यसलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ । यसमा धनी र गरिब बीचको फरक नछुट्टनिुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन । यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्‍याउनुपर्ने मान्यता रहेको छ । यस्ता सामग्रीमा मूला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्‍याउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ । गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ । गम्हरी लगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छन् । त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो । अर्को महत्त्वपूर्ण कुरा के छ भने यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्छन् । यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ । यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्छन् ।

[[...Read more at बिछट्टको छठ पर्व ..source: eKantipur.com]]

Google Maps

Google Search

Comments

Popular posts from this blog

Do you love word search games? Create your own or play it for free at Nepazing.com

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

"WWF Partners in New 5-Year Program to Help Restore Nepal’s Forests and Combat Climate Impacts " prweb.com