बेला सूर्य पूजाको
हामीले दसैँअगावै बक्राहा खोला किनारमा ठाउँ छुट्टयाइसक्यौं,' मोरङ रंगेलीका मित्र केशव कार्कीले फोन गर्दै भने । उनले भने, 'यसपटक त गाउँ आउँछौ नि, हाम्रो घाटमा पनि पूजा गर्न आउनु ।'
उनको परिवारले लोकदोहोरी घन्काउँदै नेपाली पहिरनमा विधिवत् छठ पूजा गर्छन् । केशवको परिवार केही वर्षअघिसम्म स्थानीय तराईवासी समुदायसँग पूजाआजामा सहभागी हुन्थे । बिस्तारै सिक्दै र बुझ्दै आफैं पूजा गर्न थालेका हुन् । बाल्यकालदेखि युवाअवस्थासम्म मैले मेरो प्यारो गाउँ रंगेली र छिमेकी गाउँ दर्वेशालाई जोड्ने बक्राहा खोला किनारमा पहाडे र मधेसी समुदायलाई काँधमा काँध जोड्दै छठ मनाएको देखेको छु ।
उनीहरू केही दिनअगावैदेखि खोला किनारमा घाट बनाएर केराको बोट र झिलिमिली बत्ती बालेर सजावट गर्छन् । बाजागाजाको साथ छठको मंगल गीत र लोक धुनमा मस्त हुन्छन् । उनीहरू अटल शौभाग्य, पति प्रेम, परिवार कल्याण, सुस्वास्थ्य र सन्तान प्राप्तिका लागि सूर्यको पुजा गर्छन् ।
एक दशकभन्दा बढी समयदेखि राजधानी बस्दा छठ पूजाको साँझ र बिहान उपत्यकाको जलाशय किनार र पोखरीहरूमा यस्तै दृश्य देख्दा मन गदगद हुन्छ । हिमाल, पहाड र तराईका हिन्दु धर्मावलम्बीले मात्र नभएर अन्य धर्मावलम्बी पनि सूर्यलाई पुज्न भेला भएको देख्छु । कुनै बेला यो पर्व तराईको मैथिली, थारू, भोजपुरी र अबधी समुदायमा मात्र सीमित थियो । परिवारका ज्येष्ठ र स्वस्थ महिलाले उपवास गरेर मनाउने यो सामूहिक पर्व अहिले विस्तार भएको छ ।
एउटा सूर्यले विश्वलाई प्रकाश दिन्छ । आज यही सूर्यले सबै नेपालीलाई जोड्न थालेको छ । जीवजन्तु र वनस्पतिको बाँच्ने आधार सूर्यलाई वैदिककालदेखि प्रमुख देउता मानिँदै आएको छ । सूर्य उपासनाको विशिष्ट पर्व छठमा यही मान्यतालाई निरन्तरता दिएको देखिन्छ । मानव जातिको उत्पत्तिसँगै सांस्कृतिक एवं धार्मिक अनुष्ठानको पर्वको रूपमा छइठ मनाउँदै गरेको धार्मिक विश्वास छ ।
[Read More ----> Ekantipur: बेला सूर्य पूजाको ...]

Comments
Post a Comment