इनरुवा, कार्तिक २४ - सुनसरीको भरौल गाविस-२ मा यात्रु चढेको ट्याक्टर नहरमा खस्दा १८ जनाको मृत्यु भएको छ । धनुषाबाट सुनसरीको बराह क्षेत्र जाँदै गरेको ज.१.त ४५५३ नम्बरको ट्याक्टर सुनसरी मोरङ सिचाई आयोजनाको मूल नहरमा बिहान ५ बजे पल्टेको थियो । सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरका अनुसार ट्रली इन्जनबाट छुटि्एर नहरमा पल्टिंदा ट्रलीले किचेर १७ जना र उपचारका क्रममा धरानमा १ जनाको निधन भएको छ । मृतकहरु मध्ये १६ महिला र २ जना पुरुष छन् । मृतकहरु सबै धनुषाको तारापट्टी सिर्सिया-४ का हुन् । उनीहरु सबै तिर्थाटनका लागि बराह क्षेत्र जाँदै थिए । प्रहरीका अनुसार मृतकहरु धर्मराज यादव,मन्तुरीया देवी यादव, पारो देवी यादव,रीता देवी यादव,कुमरदेवी यादव,सुमिन्द्रा मुखिया,भुवनेश्वर यादवी श्रीमती(नाम नखुलेको) र सुमित्रा यादव छन् । त्यस्तै अम्बीका कुमारी यादव,भूली देवी यादव,राजकुमार यादवकी श्रीमती(नाम नखुलेको),फुलकुमारी यादव,हरिचरण यादवकी श्रीमती-नाम नखुलेको),सुकदेव मुखीयाकी श्रीमती(नाम नखुलेको),कुमारी यादव र बिपो यादवी श्रीमती(नाम नखुलेको)को उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको ...
Comments
Post a Comment