"बृहत् खेल महोत्सवले उत्साहित सुदूरपश्चिम" :: ekantipur.com

महेन्द्रनगर/धनगढी, कार्तिक १९ - सुदूरपश्चिमको औद्योगिक नगरी धनगढीमा उद्घाटन र महाकाली किनारको सीमा सहर महेन्द्रनगरमा समापन हुने गरी फागुन १४ देखि २१ सम्म चल्ने छैटांै राष्ट्रिय खेलकुदको तयारी सुरु भएको छ । नेपालगन्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदको समापनमा घोषणा भएको 'आगामी बृहत् राष्ट्रिय खेलकुद सुदूरपश्चिममा' भन्ने उद्घोष १३ वर्षपछि बल्ल पूरा हुन लागेको छ ।

खेलकुदका भौतिक पूर्वाधार निर्माणका काम सुरु हुन थालेपछि कैलाली र कञ्चनपुरमा राष्ट्रिय खेलकुदलाई लिएर नौलो उत्साह देखा पर्न थालेको छ । भदौदेखि नै प्रतियोगिताको प्रारम्भिक तयारी सुरु भएको हो । १३ वर्षदेखिको अन्योलतापछि गत वर्षदेखि नै सुदूरपश्चिममा आयोजना हुने भनिएको प्रतियोगिता फागुनमा हुने निश्चित भएकोमा कैलालीका व्यवसायीमा पनि खुसी छाएको

छ । 'यो अवसर लामो प्रतीक्षापछि पाएका हौं,' कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले भने, 'प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न हाम्रो क्षेत्रबाट पूर्ण सहयोग र सहभागिता रहनेछ ।' उनले प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमेलीहरू कुनै पनि राष्ट्रिय महत्त्वको कार्यक्रमलाई कसरी सफलताका साथ एकजुट भएर सम्पन्न गर्दारहेछन् भन्ने देखाउने अवसर प्राप्त भएको बताए ।

पहिलो चरणमा धनगढी कभर्डहलको खेल मैदानलाई ४ सय मिटरको ट्रयाक, २ हजार क्षमताको प्याराफिट र विशिष्ट व्यक्तिका लागि मञ्च निर्माण कार्य सुरु भएको छ । 'मंसिरको पहिलो सातादेखि कैलाली र कञ्चनपुर दुवै ठाउँमा रहेका कभर्डहल मर्मतसँगै खेलकुद मैदानको पूर्वाधारका लागि बजेटअनुसारको काम अगाडि बढनेछ,' राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले भने, 'प्रतियोगिता विगतको भन्दा फरक ढंगले पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुनेछ ।'

यसपटकको राष्ट्रिय खेलकुदमा देशभरका ५ विकास क्षेत्रसँगै विभागीय र अन्य ५ समेत १० टिमको सहभागिता रहनेछ । 'सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, माओवादी जनसेना र विश्वविद्यालयसमेत ५ विकासक्षेत्रका गरी १० टिमको सहभागिता हुनेछ,' सुदूरपश्चिम खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख नवीन उप्रेतीले बताए । उनका अनुसार प्रारम्भिक अनुमानअनुसार प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निणर्ायक र पदाधिकारी गरी ४ हजारको सहभागिता रहनेछ ।

खेल मैदान, कभर्डहल तथा प्रतियोगिता सञ्चालनका लागि अन्य पक्षको व्यवस्थापनमा गाह्रो पर्ने नदेखिए पनि खेलाडी बसोबास सबैभन्दा चुनौतीपूर्ण रहेको आयोजक बताउँछन् । धनगढी र महेन्द्रनगरमा १ हजारभन्दा बढीका लागि होटल सुविधा नभएको अवस्थामा आयोजक बसोबासकै मामिलामा सबैभन्दा गम्भीर छन् । 'धनगढी र महेन्द्रनगरमा खेल आयोजना हुने भएकाले खेलाडी पनि बाँडिन्छन् । केही समस्या त देखिएको छ तर हामी जसरी पनि व्यवस्था मिलाउँछौं,' प्रतियोगिता तयारी समितिका सचिवालय संयोजक सुदूरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष दीपक साउद भन्छन् । उनले खेलाडीको खानपिन, बसोबास, स्वास्थ्य, खेल मैदान व्यवस्थापन र उद्घाटन तथा समापनका लागि विभिन्न उपसमिति गठन गरी तत्काल काम सुरु हुन लागेको बताए ।

सरकारले छैटांै राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण गर्न माग गरेअनुसारको बजेट नदिए पनि प्राप्त बजेटलाई उपयोग गरेर बृहत् प्रतियोगिता सम्पन्न हुनेमा आफू विश्वस्त रहेको नेपालका ख्याति प्राप्त तेक्वान्दो खेलाडी दीपक बिष्ट बताउँछन् । 'सुदूरपश्चिममा भएका खेलकुदका भौतिक पूर्वाधारलाई हेरेर हामीले कम्तीमा पनि २०-२५ करोड रंगशाला निर्माण र कभर्डहल मर्मत तथा खेल मैदान व्यवस्थापनका लागि माग गरेका हौं,' उनले भने, 'तर सरकारले बजेट कम दिएको छ । बजेटका लागि दबाब दिइरहेका छौं ।' उनले यसपटक निर्माण हुने पूर्वाधारलाई आगामी वर्षको बजेटबाट पनि क्रमशः काम गर्दै जाने हो भने राष्ट्रिय खेलकुद आयोजनाको अवसरले सुदूरपश्चिममा खेलकुदको नयाँ युगको सूत्रपात हुने बताए ।

चालीसको दशकमा निर्माण भएका कैलाली र कञ्चनपुरका कभर्डहल जीर्ण भइसकेका छन् । रंगरोगनसँगेै मर्मत सम्भार

नभएको वषौर्ं भइसक्यो । सरकारले राष्ट्रिय खेलकुद आयोजनाका लागि २१ करोड ९४ लाखमात्र निकासा गर्ने प्रतिबद्धता जनाएको सदस्यसचिव लामा बताउँछन् । उनका अनुसार ३ करोड धनगढीको ट्रयाक निर्माणका लागि तथा १ करोड ८८ लाख

विभिन्न खेलको पूर्वाधार निर्माणका लागि खर्च गर्ने गरी बजेट छुट्याइएको छ ।

[.. Read more at "बृहत् खेल महोत्सवले उत्साहित सुदूरपश्चिम" ::  ekantipur.com ..]]

Comments

Popular posts from this blog

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

Do you love word search games? Create your own or play it for free at Nepazing.com

"तिर्थाटनका लागि हिडेकाहरु दुर्घटनामा, १८ को मृत्यु " :: ekantipur.com