ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश by eKantipur.com
लन्डन, कार्तिक १६ - वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।
‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ उल्लेख छ । वुद्धको जन्म महारानी मायाबाट लुम्विनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।
‘उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट विरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्नाहरु किन घटिरहेको छ भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी वोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो’– संग्रहालयको अभिलेखमा छ ।
त्यहाँ वुद्धले ध्यानबाट वोधीसत्व प्राप्त गरेपछि मानव जीवनमा आइलाग्ने समस्या र चाहनाबीचको अन्तरसम्वन्धबारे सारनाथमा बसि सन्देश दिलाएको उल्लेख छ । वुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि वुद्धका उपदेश शिष्यहरुमा बाँडियो भनिएको छ ।
म्यूजियमको ‘द डिपार्टमेन्ट अफ एसिया’ मा मात्र एसिया महादेशका ७० हजार र संग्रहालयभर विश्वका ७० लाख ऐतिहासिक कलात्मक सामाग्री संग्रहित छन् । एसोसिएसन अफ लिडिङ भिजिटर एट्रयाक्सनका अनुसार, सन् २०१० मा ५८ लाख ४२ हजार १ सय ३८ जनाले ब्रिटिश म्युजियम अवलोकन गरेका थिए जुन बेलायतमै सबैभन्दा बढि आगन्तुक तान्ने गन्तव्य थियो ।
ग्रेट रसेल स्ट्रिटमा अवस्थित विश्वकै पहिलो सो राष्ट्रिय सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । ‘हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन’–एक कर्मचारीले भने ।
ब्रिटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहास सम्वन्धि जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको ‘अ हिस्ट्रि अफ द वर्ल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स’ मा समेत वुद्धबारे त्यही भ्रम प्रसारण भएको थियो ।
इ.स. १७५३ मा स्थापित पुरानो संग्रहालयबाट विश्वभर गलत सन्देश प्रवाह भइरहनु दुःखद ठान्छन् बेलायतका नेपाली । वुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले सो तथ्यबारे आफूले थाहा नपाएको जनाउंदै आगामी १२ तारिख नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने जनाए ।
[[..Read More at ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश by eKantipur.com

Comments
Post a Comment