Posts

Showing posts with the label ekantipur

नेपाल–भारत साझा विकास नीति ल्याउने राजदूतको प्रतिबद्धता by ekantipur.com

गुलरिया, कार्तिक १७ - नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले दुबै मुलुकका बीच साझा विकास नीति ल्याउने बताएका छन् । दक्षिण एशियामा नमूनाका रुपमा यो नीति हुने पिन उनले दावी गरे । बुधवार जिल्लाको धनौरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्‌घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । भारत सरकारको सहयोगमा करिब १ करोड ५१ लाख रुपैयाँ सहयोगमा विद्यालय भवन निर्माण भएको हो । उनले शिक्षा, स्वास्थ्य, सडक लगायत विकासका लागि भारत सधै नेपाललाई सहयोग गर्दे आएको बताए । राजदूत जयन्त प्रसादले पूर्व भन्दा पश्चिम नेपालमा भारतीय विकासका परियोजना बढी बढाउने कार्यक्रम राखिने जानकारी दिएका छन् । [[.. Read More at नेपाल–भारत साझा विकास नीति ल्याउने राजदूतको प्रतिबद्धता by ekantipur.com..]]

‘Buddha-era relics’ found in Lumbini by ekantipur.com

RUPANDEHI, NOV 03 - Archaeological objects dating back to Gautam Buddha’s time have been found at Devdaha in Lumbini. The palace of Lord Buddha’s maternal uncle is located in Devdaha. Local people found the remains of a hukka (smoking pot made of clay), bricks, diyo (a small earthen lamp) and a pond under a peepal tree at Bhaluhi’s Buddhapath and informed the local administration and the Lumbini Development Trust (LDT) of the finding. According to elderly people in the area, Lord Buddha used to take bath in the area and it has a small temple too. Following an inspection, archaeological officer of the LDT Himale Upreti said the relics may be traced back to Buddha’s times. He said an excavation needs to be carried out in the area to verify the objects. “Objects dating back to centuries were found here earlier too. However, people were not aware of them and the place remained unnoticed,” Upreti said, adding that there might be various other archaeologically important site...

ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश by eKantipur.com

लन्डन, कार्तिक १६ - वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ । ‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ उल्लेख छ । वुद्धको जन्म महारानी मायाबाट लुम्विनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ । ‘उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट विरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्नाहरु किन घटिरहेको छ भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी वोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो’– संग्रहालयको अभिलेखमा छ । त्यहाँ वुद्धले ध्यानबाट वोधीसत्व प्राप्त गरेपछि मानव जीवनमा आइलाग्ने समस्या र चाहनाबीचको अन्तरसम्वन्धबारे सारनाथमा बसि सन्देश दिलाएको उल्लेख छ । वुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि वुद्धका उपदे...

'सूर्यलाई पुज्नेको जात र समुदाय नसोध्नू है !’ by eKantipur.com

काठमाडौ, कार्तिक १६ - नवदुलहीझैं सिंगारिएको रानीपोखरीमा मंगलबार साँझ ६० वषर्ीया अञ्जना शर्मा उपाध्यायले आकाशतिर हेर्दै पूजासामग्री मिलाउँदै थिइन् । रानीपोखरीको दक्षिणगेटको सुरुमै पूजास्थल बनाएर बसेकी वृद्ध आमा अञ्जनालाई पूरा परिवारले सघाइरहेका थिए । 'सूर्य पूजा गर्नेको जात र समुदाय सोध्नुहुन्छ र ?,' कान्तिपुरको एक प्रश्नमा उनले भनिन्, 'सूर्य त सबैको हो ।' जातपातको बेअर्थको झमेलामा पर्नुभन्दा तराई र पहाडले एक-अर्काको राम्रो पक्षको सिको गर्दै जानुपर्ने उनले सुझाव दिइन् । वीरगन्ज निवासी अञ्जनाले जागिरे छोरासँग राजधानी आएपछि पनि छठलाई छाडेकी छैनन् । उनले तीन वर्षदेखि राजधानीमा छठ व्रत बसिरहेकी छन् । 'एकअर्काबाट आस्था र धर्मका राम्रा पक्ष सिक्नुपर्छ,' वृद्धा आमालाई सघाइरहेका ४० वषर्ीय पुष्पराजले भने । एक निजी औषधि कम्पनीमा कार्यरत पुष्पराज आठ वर्षअघि सपरिवार राजधानी प्रवेश गरेका हुन् । पूरा मुलुकको भविष्यबारे निर्णय गर्ने राजधानीको जलाशय किनारमा जातीय भेदभाव र पुस्तान्तरलाई मेट्दै पूजा गर्नेको कमी थिएन । ललितपुर-२, कुपन्डोल गुसिंगालस्थित राममन्दिर छेउमा अस...

छठ पर्व आज, यसरी मनाइन्छ छठ by eKantipur.com

आज पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरूप श्रद्धापूर्वक अस्ताउँदो सूर्यलाई पूजाआजा अर्चना र अर्घ्य दिइ भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई छठ पर्व सम्पन्न गरिंदैछ । सूर्यको आराधना तथा व्रत पूजालाई ‘छठ’ पर्व भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरै जसो श्रद्धालुहरूले कार्तिकी छठ मनाउने गरेका बुझिएको छ ।  मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ । छठ पर्वको रोचक पक्ष अस्ताउँदो सूर्यको पूजाआजा अघ्र्य दिइ रातभर व्रत, भजन किर्तन गरी उदाउँदो सूर्यको पूजाअर्चना अघ्र्य दिइ व्रत समाप्ति गरिने भएकाले छठपर्वलाई महत्वपूर्ण मानिन्छ । श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने ...