काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्गको मुआब्जा निर्धारण by nagarikNews.com

काठमाडौँ, कात्तिक १५- काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्ग आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण कार्य सम्पन्न भएको छ। द्रूतमार्गका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारणका विषयमा मकवानपुर जिल्ला प्रशासन कार्यालय र आयोजनाबीच सोमबार सहमति भएपछि उक्त कार्य सम्पन्न भएको हो।

गत आर्थिक वर्षको जेठ महिनादेखि आयोजनाले मुआब्जा निर्धारणको सम्बन्धमा स्थानीयवासी र जिल्ला प्रशासन कार्यालयसँग निरन्तर सम्झौताको प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन ।

आयोजना प्रमुख सरोजमान श्रेष्ठका अनुसार सोमबार प्रतिकट्ठा न्यूनतम् रु १० हजारदेखि अधिकतम् रु दुई लाख ८० हजारसम्म आयोजनाले मुआब्जा उपलब्ध गराउने सहमति भएको छ।

आयोजनाले जग्गा प्राप्तिको काम हेर्दै आएको छ भने द्रूतमार्ग निर्माणको सम्पूर्ण कार्य नेपाली सेनाले गर्दै आएको छ।

नेपाली सेनाका प्रवक्ता रवीन्द्र क्षेत्रीले जङ्गल, पुल निर्माण र मुआब्जा निर्धारण समयमा नै सम्पन्न भए 'ट्र्याक' खोल्ने कार्य छिट्टै सकिने जानकारी दिए।

उनले जिल्लाको हटिया, ठिङ्गन, सिस्नेरी, इपा–आँपचौर, इपा–उखुबारी, आम भञ्ज्याङलगायत सातवटा गाविसमा पर्ने जग्गाहरुको मुआब्जा निर्धारणले द्रूतमार्ग निर्माण गतिलाई अझ तीव्रता पाउने विश्वास व्यक्त गरे।

मकवानपुर जिल्लामा मात्रै ६५ प्रतिशतभन्दा बढी जग्गाहरु पर्छ भने बाँकी ऐलानी र प्रति जग्गाको राहत रकम उपलब्ध गराउनका लागि आयोजनाले सरकारसमक्ष अनुरोध गर्ने तयारी गरिरहेको छ।

[[..Read More at काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्गको मुआब्जा निर्धारण by nagarikNews.com

Comments

Popular posts from this blog

Do you love word search games? Create your own or play it for free at Nepazing.com

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

"WWF Partners in New 5-Year Program to Help Restore Nepal’s Forests and Combat Climate Impacts " prweb.com