Posts

Showing posts with the label NagarikNews

काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्गको मुआब्जा निर्धारण by nagarikNews.com

काठमाडौँ, कात्तिक १५- काठमाडौँलाई तराईसँग जोड्ने द्रूतमार्ग आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण कार्य सम्पन्न भएको छ। द्रूतमार्गका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारणका विषयमा मकवानपुर जिल्ला प्रशासन कार्यालय र आयोजनाबीच सोमबार सहमति भएपछि उक्त कार्य सम्पन्न भएको हो। गत आर्थिक वर्षको जेठ महिनादेखि आयोजनाले मुआब्जा निर्धारणको सम्बन्धमा स्थानीयवासी र जिल्ला प्रशासन कार्यालयसँग निरन्तर सम्झौताको प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन । आयोजना प्रमुख सरोजमान श्रेष्ठका अनुसार सोमबार प्रतिकट्ठा न्यूनतम् रु १० हजारदेखि अधिकतम् रु दुई लाख ८० हजारसम्म आयोजनाले मुआब्जा उपलब्ध गराउने सहमति भएको छ। आयोजनाले जग्गा प्राप्तिको काम हेर्दै आएको छ भने द्रूतमार्ग निर्माणको सम्पूर्ण कार्य नेपाली सेनाले गर्दै आएको छ। नेपाली सेनाका प्रवक्ता रवीन्द्र क्षेत्रीले जङ्गल, पुल निर्माण र मुआब्जा निर्धारण समयमा नै सम्पन्न भए 'ट्र्याक' खोल्ने कार्य छिट्टै सकिने जानकारी दिए। उनले जिल्लाको हटिया, ठिङ्गन, सिस्नेरी, इपा–आँपचौर, इपा–उखुबारी, आम भञ्ज्याङलगायत सातवटा गाविसमा पर्ने जग्गाहरुको म...

कमलपोखरीमा आयोजित छठ पर्वमा राष्ट्रपति सरिक by nagariknews.com

काठमाडौं, कात्तिक १५- काठमाडौँस्थित कमलपोखरीमा पहिलोपटक आयोजना गरिएको छठ पर्वमा राष्ट्रपति रामवरण यादव सहभागी भएका छन्। कमलपोखरी छठ पर्व व्यवस्थापन समितिको सक्रियतामा सो पोखरीलाई केही दिनअघि सरसफाइ गरी पूजाका लागि मिलाएको हो। सो अवसरमा राष्ट्रपति यादवले स्थानीय युवाहरुको क्रियाशीलतामा सो पोखरीलाई स्वच्छ बनाइ तीर्थस्थलको रुपमा विकास गरेकोमा खुसी व्यक्त गरे। सूर्यले मानिसलाई निरोग र समग्र सुख प्रदान गर्ने र पारिवारिक सुख सम्बृद्वि कायम गर्न सकिने विश्वासका साथ नेपालको तराइ भू-भागमा सिमित रहेको सो पर्व केही वर्षदेखि राजधानीमा पनि महत्वपूर्ण संस्कृतिका रुपमा विकसित हुँदै हिमाली, पहाडी, तराई सम्पूर्ण मूलका बीचमा लोकप्रिय हुँदै गएको छ। सो पर्व विभिन्न सङ्घसस्थाको आयोजना र प्रयासमा केही वर्षदेखि राजधानीका विभिन्न नदी, तलाउ, जलाशयलगायतका स्थानमा मनाइन थालेकाले महत्वपूर्ण संस्कृतिका रुपमा परिचय बनाउन सफल भएको हो। छठ पर्वमा भक्तजनले कात्तिक शुक्ल (षष्ठी आजको दिन) मा व्रत बसी अस्ताउँदो सूर्यलाई पूजा गरी सप्तमीका दिन सवेरै उदाउँदो सूर्यको पूजाका साथै अर्घ्य दिने गरिन्छ। सो अवसरमा विभिन्...