कमलपोखरीमा आयोजित छठ पर्वमा राष्ट्रपति सरिक by nagariknews.com
काठमाडौं, कात्तिक १५- काठमाडौँस्थित कमलपोखरीमा पहिलोपटक आयोजना गरिएको छठ पर्वमा राष्ट्रपति रामवरण यादव सहभागी भएका छन्। कमलपोखरी छठ पर्व व्यवस्थापन समितिको सक्रियतामा सो पोखरीलाई केही दिनअघि सरसफाइ गरी पूजाका लागि मिलाएको हो।
सो अवसरमा राष्ट्रपति यादवले स्थानीय युवाहरुको क्रियाशीलतामा सो पोखरीलाई स्वच्छ बनाइ तीर्थस्थलको रुपमा विकास गरेकोमा खुसी व्यक्त गरे।
सूर्यले मानिसलाई निरोग र समग्र सुख प्रदान गर्ने र पारिवारिक सुख सम्बृद्वि कायम गर्न सकिने विश्वासका साथ नेपालको तराइ भू-भागमा सिमित रहेको सो पर्व केही वर्षदेखि राजधानीमा पनि महत्वपूर्ण संस्कृतिका रुपमा विकसित हुँदै हिमाली, पहाडी, तराई सम्पूर्ण मूलका बीचमा लोकप्रिय हुँदै गएको छ।
सो पर्व विभिन्न सङ्घसस्थाको आयोजना र प्रयासमा केही वर्षदेखि राजधानीका विभिन्न नदी, तलाउ, जलाशयलगायतका स्थानमा मनाइन थालेकाले महत्वपूर्ण संस्कृतिका रुपमा परिचय बनाउन सफल भएको हो।
छठ पर्वमा भक्तजनले कात्तिक शुक्ल (षष्ठी आजको दिन) मा व्रत बसी अस्ताउँदो सूर्यलाई पूजा गरी सप्तमीका दिन सवेरै उदाउँदो सूर्यको पूजाका साथै अर्घ्य दिने गरिन्छ।
सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, उद्योगी, स्थानीयवासीलगायत ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो।
[[..Read More at कमलपोखरीमा आयोजित छठ पर्वमा राष्ट्रपति सरिक .. ]]

Comments
Post a Comment