छठ पर्व आज, यसरी मनाइन्छ छठ by eKantipur.com

आज पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरूप श्रद्धापूर्वक अस्ताउँदो सूर्यलाई पूजाआजा अर्चना र अर्घ्य दिइ भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई छठ पर्व सम्पन्न गरिंदैछ ।
सूर्यको आराधना तथा व्रत पूजालाई ‘छठ’ पर्व भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरै जसो श्रद्धालुहरूले कार्तिकी छठ मनाउने गरेका बुझिएको छ । 
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।
छठ पर्वको रोचक पक्ष अस्ताउँदो सूर्यको पूजाआजा अघ्र्य दिइ रातभर व्रत, भजन किर्तन गरी उदाउँदो सूर्यको पूजाअर्चना अघ्र्य दिइ व्रत समाप्ति गरिने भएकाले छठपर्वलाई महत्वपूर्ण मानिन्छ ।
श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने तथा विभिन्न कठिनाइबाट मुक्ति पाइने विश्वास रहेको छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखो भएर नुहाएर सात्विक भोजन गर्ने गर्दछन् भने सो भोजन व्रतालुहरूले आफैं तयार गर्नुपर्ने हुन्छ । 
‘खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालुहरू उपवास बसेर साँझको समयमा रोटी, खीर, नैवेद्य आदिद्वारा छठमाईको पूजा गरी शान्तमय वातावरणमा भोजन गरी आफ्ना साखासन्तानलाई ‘खरना’को प्रसाद वितरण गर्ने चलन छ । 
व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पीठोको सख्खर सहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिबल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।
व्रतालुहरू पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर सूर्यदेवलाई ढोग्ने गर्दछन् । यस कार्यमा उपस्थित परिवारका सदस्यहरूले पनि अघ्र्यमा दूध र गङ्गाजल हालेर अर्घ्य दिन सघाउँछन् ।
[[.....Read More at छठ पर्व आज, यसरी मनाइन्छ छठ  source:  eKantipur .....]]

Comments

Popular posts from this blog

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

Do you love word search games? Create your own or play it for free at Nepazing.com

"तिर्थाटनका लागि हिडेकाहरु दुर्घटनामा, १८ को मृत्यु " :: ekantipur.com