'सूर्यलाई पुज्नेको जात र समुदाय नसोध्नू है !’ by eKantipur.com


काठमाडौ, कार्तिक १६ - नवदुलहीझैं सिंगारिएको रानीपोखरीमा मंगलबार साँझ ६० वषर्ीया अञ्जना शर्मा उपाध्यायले आकाशतिर हेर्दै पूजासामग्री मिलाउँदै थिइन् । रानीपोखरीको दक्षिणगेटको सुरुमै पूजास्थल बनाएर बसेकी वृद्ध आमा अञ्जनालाई पूरा परिवारले सघाइरहेका थिए ।

'सूर्य पूजा गर्नेको जात र समुदाय सोध्नुहुन्छ र ?,' कान्तिपुरको एक प्रश्नमा उनले भनिन्, 'सूर्य त सबैको हो ।' जातपातको बेअर्थको झमेलामा पर्नुभन्दा तराई र

पहाडले एक-अर्काको राम्रो पक्षको सिको गर्दै जानुपर्ने उनले सुझाव दिइन् ।

वीरगन्ज निवासी अञ्जनाले जागिरे छोरासँग राजधानी आएपछि पनि छठलाई छाडेकी छैनन् । उनले तीन वर्षदेखि राजधानीमा छठ व्रत बसिरहेकी छन् । 'एकअर्काबाट आस्था र धर्मका राम्रा पक्ष सिक्नुपर्छ,' वृद्धा आमालाई सघाइरहेका ४० वषर्ीय पुष्पराजले भने ।

एक निजी औषधि कम्पनीमा कार्यरत पुष्पराज आठ वर्षअघि सपरिवार राजधानी प्रवेश गरेका हुन् । पूरा मुलुकको भविष्यबारे निर्णय गर्ने राजधानीको जलाशय किनारमा जातीय भेदभाव र पुस्तान्तरलाई मेट्दै पूजा गर्नेको कमी थिएन ।

ललितपुर-२, कुपन्डोल गुसिंगालस्थित राममन्दिर छेउमा अस्थायी पोखरी खनेर पूजा गरिरहेकी ४४ वषर्ीया लीलादेवी दासलाई दुई युवा छोरा र श्रीमान्ले सहयोग गरिरहेका थिए । 'पूजा सामग्रीको ढकिया र भारी बोक्दा लाज होइन, बरु गर्व र खुसी महसुस हुन्छ,' सिभिल इन्जिनियरिङ पढ्दै गरेका लीलादेवीका जेठा छोरा २३ वषर्ीय सन्तोषले भने । आमालाई सघाउन छठ अवधिभरि एकछिन पनि घरबाट टाढा नजाने गरेको एमबीबीएसमा अध्ययनरत उनका कान्छा छोरा २२ वषर्ीय सुनीलकुमारले भने । छोराद्वयले परिआएमा उपवास बस्नसमेत पछि नपर्ने बताए ।

'अरू बेला एकछिन घरमा बस्न नमान्ने छोरा र व्यस्त रहने श्रीमान् छठ सुरु भएदेखि मेरो मात्र चिन्ता गर्छन्,' झन्डै

अढाई दशकदेखि राजधानी बस्दै आएकी राजविराजकी लीलादेवीले भनिन् । उनी भन्छिन्, 'छठप्रति आस्था र इच्छाले गर्दा भएको हो ।' राजधानी आएदेखि एक/दुईपटक मात्र छठ मनाउन गाउँ गएको उनले बताइन् ।

उनका श्रीमान् ४८ वषर्ीय पशुपतिलाल दास नेपाल टेलिकमका इन्जिनियर हुन् । दासका अनुसार बढ्दो जलीय प्रदूषण र ठाउँ अभावले छठ पूजा गर्ने शैलीमा धेरै परिवर्तन आएको छ । नदी, खोला, पोखरी वा नहरको स्वच्छ पानीमा उभिएर सूर्यलाई अर्घ दिने परम्परा फोहोर बागमती र विष्णुमती किनारमा टिकाउन गाह्रो भएको छ ।
[[Read More at सूर्यलाई पुज्नेको जात र समुदाय नसोध्नू है by eKantipur.com ..]]

Comments

Popular posts from this blog

थारु जाति विहारमा शरण लिन जाँदैनन् : राजकुमार लेखी !!

Do you love word search games? Create your own or play it for free at Nepazing.com

"तिर्थाटनका लागि हिडेकाहरु दुर्घटनामा, १८ को मृत्यु " :: ekantipur.com